सोलुखुम्बु । आगलागीवाट तिङलामा एक बालक गम्भिर घाइते भएकाछन् । मैन बत्तीवाट ओछ्यानमा सल्किएको आगोमा परी १४ बर्षिय सुबिन थापा मगर गम्भिर घाइते भएका हुन् ।
मंगलाबार राती करिब ७ बजे मैन बत्तीवाट ओछ्यानमा आगो सल्किदा उनी गम्भिर घाइते भएका हुन् ।
थप उपचारका लागि काठमाण्डौ लाने तयारी गरिएका बालकको अनुहारका साथमा शरीरको विभिन्न स्थान डढेको छ ।





