सोलुखुम्बु, असोज ५ । सोलुखुम्बु जिल्लामा रहेको एक मात्र नगरपालिका दुधकुण्ड नगरपालिका मेयर उपमेयर र वडा अध्यक्षले सेवा सुविधा नलिने भएको छ ।
नगरपालिकालाई नमुना नगरपालिका बनाउन ५ बर्षसम्म १० वडाका अध्यक्ष, मेयर र उपमेयरले कुनै सेवा सुविधा नलिइ जनताको सेवामा खट्ने जानकारी बडा न २ का वडा अध्यक्ष मिङमार शेर्पाले हिमाली सन्देश डटकमलाई जानकारी दिनुभयो । यो निर्णय नगर कार्यापालिकाले गरेको थियो भने नगर सभाले अनुमोदन गरेको शेर्पाले जानकारी दिनु भयो ।
नगरपालिकाको विकाश गर्नका लागि जनतासँग सहकार्य गर्दै नगरको स्थर उन्नति गर्न मेयर देखि वडा अध्यक्ष लागि परेका छन ।