शिखर गजरकोटे- सोलुखुम्बु, ४ पौष सोलुखुम्बुमा जनप्रतिनिधि र सामाजिक परिचालक माथी हातपात गर्ने र ज्यान मार्ने धम्कि दिने व्यक्तिलाई कारबाहीको माग गरिएको छ । सोलुदुधुकुण्ड नगरपालिका १ टाक्सिन्दुको कार्यलयका हिजो दिउँसो हातपात र गालिगलौजमा उत्रिएको ‘पार्थे’ भनेर चिनिने राज कुमार सुन्दासलाई कानुन बमोजिम कारबाहीको माग गरिएको वडा अध्यक्ष छोङवा लामा शेर्पा र वडा सचिब खिलाराज अधिकारीद्धार हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । जनप्रतिनिधि उत्रमान राई र सामाजिक परिचालक धिरज राई माथी हातपात तथा वडा सचिब खिलाराज अधिकारी र वडा अध्यक्ष छोङवा लामा शेर्पा मार्थी ज्यान मार्ने धम्कि दिने सुन्दासलाई कारबाही नगरेसम्म वडा कार्यलयवाट सेवाप्रवाह बन्द गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘पौष ३ गतेका दिन दिउँसो सामाजिक सुरक्षा भक्ता वितरण, भुकम्प सम्झौता र गुनासो फारम भर्ने काम भईरहेको अवस्थामा कार्यलय हाता भित्र एक्कासी सामाजिक परिचालक राई मनपरी बोलेको र वडा अध्यक्ष शेर्पाले सम्झाउने क्रममा झुक्याएर टाउकोमा मुक्का प्रहारको साथै, वडा सचिब अधिकारी माथी ज्यान मार्ने धम्कीपुर्ण शब्द बोलेको र वडा सदस्य उत्रमान खालिङ राईमाथी पनि मुक्का प्रहारकोले काबाहीको लागि माग गरिएको छ ।’
साथै, सामाजिक सुरक्षा भक्ता वापत्को दुई लाख ४६ हजार रकम लुटेको र भक्ता रेकर्ड फाईलसमेत च्यातेकोले विज्ञप्तीमा उल्लेख गरिएको छ । सुन्दासको विरुद्धमा ज्यान मार्ने उद्योग मुद्धा दर्ता गर्ने तयारी गरिएको वडा सदस्य उत्रमान राईले जानकारी दिनुभयो । सुन्दासलाई हिजै पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सल्लेरी ल्याईएको छ ।
Source:himalfm