राधा ढुंगाना सोलुखुम्बु, १० माघ – सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमपात भएको छ ।
माघ महिनाको पहिलो साता बितिसक्दा समेत पानी र हिउँ परेको थिएन । जाडोको मौसम सकिन लाग्दा समेत खुम्बुमा हिउँ र पानी नपर्दा कृषकहरु चिन्तीत बनेका थिए । अघिल्ला वर्षहरुमा माघ महिनाको पहिलो हप्तासम्म २–३ पटकसम्म हिउँ पर्ने गरेको थियो । यो वर्ष खुम्बुमा ढिलो गरी हिउँ परेको लुक्लाका फुनुरु शेर्पाले बताए ।

हिउँ परेसँगै सोलुखुम्बु क्षेत्रको जनजिवन भने प्रभावित बनेको छ । यद्यपि माघको पहिलो हप्तासम्म पनि हिउँ नपरेर आचार्य बनेका स्थानीयहरु हिउँ परेपछि खुसी भएको स्थानीय नाम्गेल शेर्पाले बताए ।

खुम्बु क्षेत्र र जिल्लाको तल्लो भेगका केहि स्थानका डाडाँपाखाहरु हिउँले सेताम्मे भएका छन् । हिउँपरेसँगै अहिले माथिल्लो क्षेत्रको तापक्रम घटेको छ । खुम्बुको नाम्चे, खुम्जुङ र चौरीखर्कमा हिमपत भएको हो । जिल्लाको तल्लो क्षेत्रमा पनि बिहानै देखि चिसो बढेको छ । यसैबिच, जिल्लाको तल्लो क्षेत्रका केहि भागहरुमा पनि हिउँ परेको छ ।

जिल्लाको फाप्लु, रात्नाङगे, पिकेडाँडा लगाएतका डाँडाहरुमा हिमपात भएको हो । पानी परेपछि कृषकहरु भने खुसी भएका छन् । मकै र गँहु खेती गर्ने समयमा पानी परेपछि बालीलाई राम्रो हुने भएकाले कृषकमा हौसला बढेको सल्यानका स्थानीय प्रकाश खड्काको भनाई छ । लामो समयसम्म पानी नपर्दा कृषकहरु चिन्तीत बनेका थिए ।

 

-himal fm

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय