काठमाडौं, असोज ९ । स्थानीय तहमा खटिएका कर्मचारी कार्यालयमा नपुगेपछि खोजी गर्न सरकारले आइतबार उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय मामला तथा स्थानीय विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा सामान्य प्रशासन मन्त्रालयका उपसचिव र महालेखा नियन्त्रक कार्यालयका उपसचिव रहेको अनुगमन टोली गठन गरेको हो ।

 

सामान्य प्रशासन मन्त्रालयका अनुसार, सरकारले विभिन्न मन्त्रालय र निकायबाट देशभरका स्थानीय निकायमा १२ हजारभन्दा बढी धेरै कर्मचारी खटाए पनि करिब ५ हजार कर्मचारी मात्र कार्यालयमा पुगेका छन् । बाँकी ७ हजार कर्मचारी कहाँ छन् ? सम्बन्धित सरकारी अधिकारीलाई नै कुनै जानकारी छैन ।

श्रोत अनलाइन खबर

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय