काठमाडौं, असोज २९ । प्रहरीले रात्री बसमा आइतबार छापा मारी १५ किलो गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा मकवानपुर उपमहानगरपालिका-१२ बसामाडीका ३२ वर्षीय गाँजा ब्यापारी हरिलाल मोक्तान र बस चालकद्वय बर्दिवास नपा-८ हात्तिलेटका राजाराम यादव तथा सर्लाही लालबन्दी-५ खण्डका रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये मोक्तान जंगली क्षेत्रतर्फ भागेपछि लखेट्दै गएको प्रहरीले एक किमि दूरीमा पुगेपछि मात्र पक्रन सकेको थियो ।

काठमाडौंबाट महोत्तरीको सीमावर्ती गाउँपालिका मनरातर्फ जाँदै गरेको ना६ख ५४३४ नंको सोनामाई डिलक्सलाई तलासी लिँदा गाँजा बरामद भएपछि अनुसन्धानका लागि बसलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दुवै वन्डल तौल गर्दा १४ किलो ८ सय ४० ग्राम गाँजा रहेको बर्दिवास प्रहरीले जनाएको छ । गाँजा तस्कर मुक्तानसँग मिलोमितो रहेको आशंकामा चालकलाई समेत नियन्त्रण लिनु परेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुमाथि छानबिन सुरु गरेको छ ।
श्रोत इकान्तिपुर

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय