२१ अगष्ट, क्वालालम्पुर २३ औं बिश्व आदिवासी जनजाति दिवस तथा ऎतिहाशिक तेस्रो आदिवासी जनजाति महासघ मलेसियाको महाधिवेशन फाइभ इलेमेन्ट होटेल, क्वाललम्पुर मलेशिया स्थित अध्यक्ष दिपक तामाङको सभापतित्वमा सम्पन्न भएको छन । उक्त सम्पन्न महाधिवेशनमा प्रमुख आतिथ्यतामा नेपाली दूतावास क्वालालम्पुर मलेसियाका दितिय सचीव बिनोद मुखियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छन ।

विशेष आतिथ्यतामा एन आर एन मलेसियाका महासचिव सुन्दर आले, नेपाली व्यापारी समाज मलेसियाका सदस्य दिलकुमार केरुङ विशेष अतिथि रहेका छन । आदिवासी जनजाति महासघ मलेसियाका क्षेत्रीय सघका अध्यक्ष तथा प्रतिनिधिहरु र आबद्ध जातीय सस्था शेर्पा किदुग मलेसिया, तामाङ समाज मलेसिया, नेपाल मगर सघ मलेसिया, प्रवासी थारु सेवा समाज मलेसिया, सुनुवार सेवा समाज मलेसिया, किरात याक्थुङ चुम्लुङ मलेसिया, किरात राई याक्खोवा मलेसिया, तमु समाज मलेसिया गरि आठ वटा जातीय अध्यक्ष तथा प्रतिनिधिहरुको समेत आतिथ्यता ग्रहण सगै मन्तव्य राख्ने क्रममा सबै जातिय सस्था एक हुने प्रतिबद्ध राख्दै अघि बढ्ने भएका छन । मलेसियामा रहेका विभिन्न पाटीका भात्री संगठनका अध्यक्ष तथा प्रतिनिधि जिल्ला समन्वय सघ सस्था, धर्मिक सस्था लगायत अन्य सघ सस्थाहरुले समेत आ-आफ्नो सस्थाको तर्फबाट जिज्ञासा राख्दै तेस्रो महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्नु भएको छन । जातिय सस्थाहरुको आफ्नो पोशाक र पहिचान जल्किन्ने पहिरनमा नाच नृत्यहरु प्रस्तुत गरेको छन । मन्जुर थ्रीटरको तर्फबाट आफ्नो बिजोड प्रस्तुतिहरु प्रस्तुत गरेको छन । नेपाली दूतावास क्वालालम्पुर मलेसियाका दितिय सचीव तथा तेस्रो महाधिवेशन प्रमुख अतिथि बिनोद मुखियाले मलेसियामा करिब ६ लाख नेपाली कामदार रहेको र प्रतिदिन तीन सय भन्दा बढी लाई सेवा ग्रण दिइ रहेको बाकी दिनहरु पनि दिई रहन्ने बताउनु भएको छन भने एन आर एन मलेसियाका महासचिव सुन्दर आले आदिवासी जनजाति महासघका सस्थापक अध्यक्ष समेत रहेको हुनाले तेस्रो महाधिवेशनले सकृय उदाहरणीय समिति पाउने बिश्वासता हुदै साथ र सहयोग रहन्ने प्रतिबद्ध दिनु भएको छन ।

२३ औं विश्व आदिवासी जनजाती दिवस सम्पन्न सगै आदिवासी जनजाति महासघ मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन बाट सर्वसम्मत अध्यक्ष पदमा मिङमा शेर्पा चिर्वाचित हुनु भएको छन त्यस्तै गरी वरिष्ठ उपाध्यक्ष नर ब. पुन मगर, महिला उपाध्यक्ष दोर्जीमा शेर्पा, उपाध्यक्ष आर एन चौधरी, उपाध्यक्ष राम तामाङ, उपाध्यक्ष पि. टि शेर्पा, उपाध्यक्ष सरिता चौधरी, महासचिव चक्र तामाङ, सचीव भिम राई, कोषाध्यक्ष राजेश लमिछने, सह-कोषाध्यक्ष राजेन्द्र तामाङ सदस्यहरु ङावाङ नुरी शेर्पा, संगम गुरुङ, हर्क ब. गुरुङ, शम्भु मोक्तान तामाङ, अमिर माबो लिम्बू, वेल्सन लावती लिम्बू, प्रजेश चौधरी, मनिराम थारु, रुपेन आले मगर, रेबन्त राज आङदेम्बे, सोनाम नोर्बु तामाङ, गगा चाम्लिङ निर्वाचित हुनु भएको छन भने बाट सुनुवार सेवा समाज मलेसिया कार्यसमितीको लाहि नामवली आउन बाकी रहेका छन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय