ओखलढुङ्गा जिल्लाको खिजी चन्डेस्वरी गाबिसका पुठा खानेपानी आयोजना विवादमा परेको छ ।
खिजी चन्डेस्वरी गाबिसका सम्पुर्ण वडा वासिन्दालाई उपलब्ध गरउने भनी नेपाल सरकार बाट संचालित पन्चाबर्से योजना साबिकको वाड ७ र हालको खिजिचन्डेस्वरी अन्तर्गत सुन्कोथी, पोखरी, गिल्वा लगाएतका टोललाई कुनै पनि छ्लफल तथा जानकारी नदिइ अन्य ठाउँमा पानी वितरण भएपछी आयोजना विवादमा परेको हो ।
खानेपानी वितरण नभएको टोल जग्गा धनीहरु एक जुट भइ खानेपानी आयोजनाका अध्यक्ष धनकेसरी सुनुवार र खानेपानी सचीव सुशील सुनुवार, वडा अध्यक्ष टांक सुनुवार निवेदन मार्फत ध्यानाकर्षण गरेका छन् ।





