सोलुखुम्बु : चागेस्थान माध्यमिक विद्यालय सोलुदुधकुण्ड नगरपालिका ९ केरुङकोे ५ कोठे भवन भत्किएको छ । निरन्तरको बर्षतका कारण विद्यालय नजिकैको जमिन भासिदा विद्यालय भवन नै भत्किएको शिक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार करिब १५ बर्ष अघि निर्माण गरिएको उक्त भवन गत श्रावण २५ गते सोमबार भत्किएको हो । पहिरोले कक्षा ३ रहेको उक्त भवन भत्किएको छ भने एउटै लहरमा रहेको कक्षा ४, ५, ११ र स्टोर रुम समेत जोखिममा परेको छ ।

भवन भत्किने अवस्थामा पुगेपछि यस अघि नै कक्षामा रहेको फर्निचरहरु सुरक्षित स्थानमा सारिएकाले थप क्षति हुन नपाएको प्रधानाध्यापक रोहित कुमार कार्कीले जानकारी दिनुभयो । सो विषयमा मुचुल्का गरि वडा, नगरपालिका, प्रशासन र शिक्षा विकास समन्वय ईकाइलाई समेत जानकारी गराईसकेको विद्यालयले जनाएको छ ।
-Solu FM

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय