Advertisement


काठमाडौँ, असोज ४ । विश्व शेर्पा सम्मेलनको बारेमा छलफल गर्न आज शेर्पा युवा संघले शेर्पा सेवा केन्द्रको क्यान्टिनमा छलफल आयोजना गरेको थियो । छलफलमा विश्व शेर्पा सम्मेलनमा शेर्पा युवा संघ, शेर्पा विद्यार्थी संघ, शेर्पा महिला संघ, शेर्पा संचार समुह नेपाल, हिमालयन शेर्पा संस्कृतिक केन्द्रको भुमिका के भन्ने विषयमा रहेको थियो ।
शेर्पा युवा संघका अध्यक्ष जाङ्बु शेर्पाले आयोजना गरेको यस छलफल कार्यक्रममा नेपाल शेर्पा संघका उपाध्यक्ष आङ देण्डी शेर्पा र कार्यबहाक महासचिव किशोर शेर्पा सहभागी हुनुभएको थियो ।

शेर्पा संघले कार्यपत्र प्रस्तुतको जिम्मेवारी विज्ञहरुलाई दिएको भनी जानकारी गराउदा अन्य संस्थाको भुमिका के भन्ने विषयमा गम्भिर प्रश्न उठेको छ । यस विषयमा शेर्पा संघको ध्यान जानु पर्ने र कार्यपत्र सम्बधित संस्थाले प्रस्तुत गनु पाउनु पर्ने माग युवा संघका अध्यक्ष जाङ्बु शेर्पाले राखेका छन । उहाँले युवा, संचार, महिला, विद्यार्थी संघहरुलाई मात्र आन्दोलनको बेला प्रयोग गर्ने र अन्य कुराबाट बञ्चित गराएकोमा आपत्ति जनाएको छ । शेर्पाले विहिवार विहानसम्म यस विषयमा शेर्पा संघले जानकारी नगराएमा सम्मेलनमा भाग नलिने चेतवानी दिनु भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय