पत्राकार, आदिवासी जनजाति महासंघ मलेसियाको अध्यक्ष, शेर्पा संचार समुह नेपाल जिल्ला साखा ताप्लेजुङका अध्यक्ष तथा शेर्पा किदुग मलेसियाका पूर्ब महासचिव मिङमा शेर्पाको मृतक शरीरलाई OCTOBER 2017/10/09 सोमबारको दिन मलेसियाको समय अनुसार बेलुका को 19:55 बजे मलेसियन एरलाईन्स बाट नेपाल ल्यउदै  छ । विश्वभरीका शेर्पाहरुलाई एकतृत गर्न विश्व शेर्पा सम्मेलन आयोजनाहुदै गर्दा सोही अभियानलाई सार्थकता प्रदान गर्ने उद्देश्यले सुरु गरेको वल्र्ड शेर्पा न्यूजका संस्थापक मिङमा शेर्पाको असोज १३ गते शुक्रबार विहान मलेसियामा दुःखद निधन भएको थियो ।
मलेसियामा कार्यरत रहेका शेर्पा, हालै सम्पन्न आदिवासी जनजाति महासंघ मलेसियाको तेश्रो अधिवेशनबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको थियो । सामाजिक क्षेत्रमा निकै क्रियाशील उहाँ शेर्पा किदुग मलेसियाका निवर्तमान महासचिव र शेर्पा संचार समूह नेपाल ताप्लेजुङका संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो । कार्यक्षेत्रमा खटिरहेकै बेला स्थानीय समयअनुसार करीब विहान ७ बजेतिर उहाँको निधन भएको हो । एक हप्ता अगाडी पनि स्वास्थ्य अवस्था ठीक नभएको कारण केही दिन आराम गरेर ३ दिन अगाडी मात्रै काममा फर्किएका थिए । उहाँको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै विश्वभरीका सबै शेर्पा संघ संस्था तथा किदुगहरुले श्रद्धाञ्जिली व्यक्त गरेका थिए  । एक शसक्त सामाजिक अभियान्तको यो निधनले शेर्पा समूदायमा अतुलनीय क्षेती पुगेको शेर्पा समुदयाले महसूस गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय