सोलुखुम्बु ः जिल्लाको सोलु दुधकुण्ड नगरपालिकाले ५० बेडको क्यारेन्टिन निमार्ण गरेको छ । कोरोनाको नयाँ भेरियन्ट सहितको संक्रमण तिब्र गतिमा फैलिदै गएकाले नगरपालिकाले ५० बेडको क्यारेन्टिन निर्माण सम्पन गरेको मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिनुभयो ।
सोलु दुधकुण्ड नगरपालिकामा समेत कोरोना संक्रमित बढेकाले सुरक्षित राख्न फाप्लु स्थित प्राविधिक शिक्षालयमा क्यारेन्टिन निर्माण गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले १० थान अक्सिजन सिलिन्डर, २ सय वटा एन्टिजेन र अक्सिजन कन्सन्ट्रेटर लगायतका अति आवश्यक स्वास्थ्य सामाग्रीहरुको समेत ब्यवस्था गरिएको छ ।





