सोलुखुम्बु : खुम्बु पासाङ गाउँपालिकाले कोभिडको पुरा डोज खोप नलाएका नागरिकहरुका लागी पिसिआर रिपोर्ट अनिवार्य गरेको छ । पर्यटकिय क्षेत्र खुम्बुमा संक्रमण जोखिम बढ्दै गएसँगै पालिकाले पुरा डोज खोप नलाएका नागरिकहरुका लागि  पिसिआर रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाले एक सुचना जारी गदै  हवाई यात्रा तथा तथा पैदल मार्गबाट खुम्बु भित्रिने कोभिडको पुरा डोज खोप नलगाएका ब्यक्तिहरुलाई रिपोर्टलाई अनिवार्य गर्ने बताएको छ । जसका लागि वायुसेवा कम्पनीहरुलाई पत्र नै काटिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीले जानकारी दिनुभयो ।

लुक्लामा तारा, समिट, सीता, श्री एयरलाइन्स र हेलिकप्टरले उडान भर्दै आएका छन । लुक्लामा काठमाडौं र फाप्लुबाट हवाई उडान हुँदै हुने गरेको नागरिक उड्ययन प्रधिकरण लुक्लाले जनाएको छ ।

Source:solu FM

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय