सोलुखुम्बु : जिल्लाको पासाङ ल्हामु गाउँपालिका भित्र बसोबास गर्ने ९८ प्रतिशत नागरिक कोरोना विरुद्धको खोपको पहुचमा आएको गाउँपालिकाले दाबी गरेको छ । कोरोना संक्रमण पछि खुम्बुमा बसोबास गर्ने ९८ प्रतिशत नागरिकहरुले कोरोना विरुद्धको खोप प्राप्त गरेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले जानकारी दिनुभयो ।
गाउँपालिकामा हाल सम्म ५ हजार ६ सय २९ जनालाई कोरोना बिरुद्धको खोप लगाइसकेको छ । पछिल्लो समय ४ हजार ८ सय २९ बढीलाई खोप लगाएसँगै खोप प्राप्त गर्नेको संख्या ५ हजार ६ सय २९ पुगेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यस अघि ६ सय ७७ जनाले खोप लगाएका थिए ।
जसमा ३ हजार ८ सय ८५ जनाले दोस्रो डोज खोप लगाएका छन । अब पालिका भित्र १ सय २० जना नागरिकहरु खोपको पहुच बाहिर रहेको गाउँपालिकाको तथ्याङक छ । चिनसँग सिमाना जोडिएका क्षेत्रका १८ वर्षमाथीका सबै नागरिकलाई खोप लगाउने सरकारको निर्णय अनुसार खुम्बुका पासाङ ल्हामु गाउँपालिकाका नागरिकलाई खोप लगाइएकोे स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।





