लाक्पा जी शेर्पा, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयमा उडान सञ्चालन विभाग प्रमुख एवं प्रवक्ताको जिम्मेवारीमा रिन्जी शेर्पालाई दिइएको छ । केही दिनअघि शेर्पालाई उक्त जिम्मेवारी दिइएको हो ।
सोलुदुधकुण्ड नगरपालिका –३, लोदिङ, सोलुखुम्बु शेर्पा २०५४ भाद्र १७ गते पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, हवाई विभाग अन्तर्गत इञ्जिनियरिङ सेवा, सि.ए.अ.इ समुह, सि.ए.अ उपसमुह राजपत्रांिकत तृतीय श्रेणी–एयर ट्राफिक कन्ट्रोल अधिकृत पदमा नियूक्त भएका थिए । यसवीच, नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत प्रवक्तको जिम्मेवारी सम्हालेकोमा शेर्पा समुदायको छाता संगठन नेपाल शेर्पा संघले सिंगो संगठन र शेर्पा समुदायको तर्फबाट बधाई समेत ज्ञापन गरेको छ ।
बधाई सन्देशमा भनिएको छ ‘राज्यको हरेक निकायमा शेर्पाहरुको समान र सम्मानजनक उपस्थिती तथा पहुँचबृद्धिका लागि संघले अघि सारेको नीति तथा कार्यक्रमलाई सफल पार्न यसखाले जिम्मेवारी र तदारुकताले थप मद्दत मिल्दछ । मेहनत, लगनशिलता र निरन्तरको संघर्षबाट यस गरिमामय जिम्मेवारी सम्हालेको सुअवसरमा यहाँको सफल कार्यकालको साथै उत्तरोत्तर प्रगतीको कामना व्यक्त गर्दछ । यसबाट शेर्पा समुदायको शिर उँचो हुनुका साथै युवाहरुलाई निजामति सरकारी सेवा प्रवेश गर्न प्रेरणा मिल्ने विश्वासका साथ शुभकामना व्यक्त गर्दछ ।





