काठमाडौं  नेपाल शेर्पा संघको केन्द्रीय सदस्यमा थप दुई जना मनोनित भएका छन् ।  केन्द्रीय सचिवालयको श्रावण २३ गते बसेको वैठकले ओखलढुंगाका सार्की शेर्पा र इलामको उमिद शेर्पालाई मनोनित गर्ने निर्णय गरेको हो । यसँगै संघको केन्द्रीय समिति ८५ सदस्यीय बनेको छ ।

संघको विधानमा अध्यक्षले ६ जना केन्द्रीय सदस्य मनोनित गर्ने र त्यसलाई सचिवालयले अनुमोदन गर्ने प्रवधान छ । जसानुसार यसअघि रामेछापका लाक्पा तेन्जी शेर्पा र सोलुखुम्बुका दावा फिन्जो शेर्पा मनोनित भएका थिए । बाँकी दुई सदस्यमा महिला मनोनित गर्ने अध्यक्ष गेल्जे लामा शेर्पाले जनाए ।

 

संघको विधानले ३ बर्ष कार्यकाल तोकिएको छ । मनोनित केन्द्रीय सदस्यहरुको पदावधि २०७९ पौषसम्म हुनेछ । उनीहरुलाई तत्कालै संघको १२ वटा विभाग मध्ये उपयूक्त विभाग दिने तयारी गरेको महासचिव लाक्पा शेर्पाले जानकारी दिए । सार्की पर्यटन व्यवसायी हुन् भने उमिद विद्युतीय मुद्राका अनुसन्धानदाताका रुपमा परिचित छन् । संघले सार्कीलाई उद्योग, व्यवसाय, पर्यटन विभागमा र उमिदलाई विदेश विभागको जिम्मेवारी दिने गरी करीव करीव टुंगो लगाएको महासचिव शेर्पाले जनाए ।
मनोनित केन्द्रीय सदस्यहरुबाट संघको उद्देश्य प्राप्त गरी लक्ष्यमा पुग्न अघि सारेको कार्यक्रमहरुलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने अपेक्षा राखेको मनोनयन पत्रमा उल्लेख छ । पत्रमा भनिएको छ ‘संघको विधान, कार्यविधि, नीति र निर्णयहरुको अधिनमा रही सिंगो शेर्पा समुदायको सभ्यता, पहिचान, इतिहास र संस्कारहरुको निरन्तर विकास, प्रबद्र्धनका क्षेत्रमा महत्वपूर्ण योगदान दिनुका साथै समाज रुपान्तरण, संगठन विस्तार र संघलाई अझ व्यापक बनाउने सवालमा प्रभावकारी रुपमा अघि बढ्ने विश्वासका साथ सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।’

यसैवीच सचिवालय वैठकले केन्द्रीय सदस्य निमा शेर्पा, केन्द्रीय सचिव लाक्पा जी शेर्पाका बुबा लाप्साङ शेर्पा, सचिवालय सदस्य रग्वा शेर्पाका बुबा आङ दावा शेर्पा लगायतको निधनमा शोक प्रस्ताव समेत पारित गरेको कोषाध्यक्ष आङ काजी शेर्पाले जानकारी दिए ।

कान्छीमा शेर्पा शेर्पाखबर

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय