ओखलढुंगा : ओखलढुंगामा मोटरसाइकल दुर्घटना हुँदा सोलुखुम्बुको युवाको ज्यान गएको छ । शिद्धिचरण नगरपालिका वडा नम्बर ७ विगुटारमा मोटरसाइकल दुर्घटना हुँदा सोलुखुम्बुका नुरु छिरिङ शेर्पाको मंगलबार ज्यान गएको हो ।
विगुटारबाट रामपुर जाँदै गरेको लु ६५प ८०७० मोटरसाइकल सडकभन्दा ३ सय मिटर तल झरेर दुर्घटना हुँदा सोलुदुधकुण्ड नगरपालिकाका २८ वर्षीय युवक शेर्पाको मृत्यु भएको हो । प्रहरी टोलीले छानविन गरिरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी छ





