फागुन १७ गते सोमबार मध्य रात करिब १२:३० बजेको समयमा सोलु एफएममा आग्लागी भएकाे छ ।
स्थानीय, नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना, नगरपालिकाको दमकलकाे सहयाेगमा आगाे नियन्त्रणमा लिईसकेकाे छ।
आगाेबाट सम्पुर्ण उपकरण सहित भवनमा समेत क्षति पुग्दा करिब एक करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागीको कारण पत्ता लगाको छैन ।
एफएमको सम्पुर्ण सामाग्री जलेर नष्ट हुदा ब्यबस्थापनका लागि समय लाग्ने भएकाले हाम्रो प्रशारण केही दिनका लागि बन्द हुने छ ।





