सोलुखुम्बु : पहिरोले सोलुदुधकुण्ड नगरपालिका ७ बारानेमा एक घर बगाएकोे छ भने २ घर उच्च जोखिममा परेको छ । निरन्तरको बर्षातसँगै आएको पहिरोले स्थानीय सावित्रा कार्कीको घर बगाएको हो भने इन्द्र कार्की र टेक बहादुर कार्कीको घर उच्च जोखिममा परेको सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईले जानकारी दिनुभयो ।

बर्षातका कारण जमिन भासिदा सो क्षेत्रका करिब ८ घर विस्थापित बनेको नगरपालिकाले जनाएको छ । पहिरोको जोखिम उच्च भएपछि केहि दिन अघि मानिस तथा घर भित्रका सामाग्रीहरु सुरक्षित स्थानमा सारिएको उपमेयर राईले बताउँनुभयो ।

सोही पहिरोका कारण सदरमुकाम सल्लेरीबाट जिल्लाको कोशीपारीका क्षेत्रहरु जोड्ने मुख्य सडक समेत जोखिमपुर्ण बनेको छ । जमिन भसिएका कारण जोरबौद्ध नेले अन्र्तगत नाजिङमा पक्की सडक नै भासिदा ठुला मालबहाक सवारी सञ्चालनमा चुनौती सृजना भएको स्थानीय भलाकाजी कार्कीले बताउनुभयो ।

२०७२ सालको भुकम्प पछि भासिन सुरु भएको सो क्षेत्रमा निरन्तरको झरीसँगै बस्ती नै विस्थापित हुने गरी पहिरो जान थालेको स्थानीयले बताएका छन् । बस्ती विस्थापीत भएपनि बराने क्षेत्रका कतिपयले अन्यन्त्र बसाई सरेका छन । बर्षात जारी रहेकाले अझ धेरै पहिरो जान सक्ने सम्भावना रहेको स्थानीयबासीले बताएका छन् ।
Source:soluFM

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय