सोलुखुम्बु । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला मालपोत कार्यालय सोलुखुम्बु एक हप्ताका लागि शिल गरिएको छ । कार्यालयका २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आज साउन २२ गते शुक्रबारदेखि साउन ३१ गते सम्मका लागि कार्यालय सिल गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

बिहिबार गरिएको एन्टिजेन परीक्षणमा दुई जना पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाले जानकारी दिइन् ।

पछिल्लो समय जिल्लामा संक्रमण फैलिरहेकाले नागरिकहरुले विशेष स्वास्थ्य सावधानी अपनाउन समेत प्रशासनले आग्रह गरेको छ ।

-solukhumbu samachar

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय