सोलुखुम्बु – सोलुखुम्बु आउँदै गरेकोे मालबहाक ट्रक खोटाङको ऐसेलुखर्क गाउँपालिका ७ माक्पा नोरुङ्गमा दुर्घटना भएको छ । विरगञ्जबाट विद्युतको पोल लगायतका सामाग्री बोकेर सोलुखुम्बुको जुबु आउँदै गरेको प्र.२.००१ ख.३२१७ नम्बरको ट्रक आज विहीबार विहान करिब साडे ६ बजे ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सवारी र सामाग्रीमा पुर्ण रुपमा क्षति पुगेको छ भने चालक र सहचालक सकुशल रहेको माक्पाका वडाध्यक्ष अरुण राईले जानकारी दिनुभयो । उक्कालोमा ब्रेक फेल भएर ट्रक पल्टिने वित्तिकै चालक धनुषाको मिथिला नगरपालिका ८ का २७ वर्षीय रञ्जित सिंह र सहचालक हाम फालेर ज्यान बचाएको बताइएको छ ।

उक्त ट्रकले सोलुको जुबु र लोखिमका लागि विद्युतको पोलहरु लिएर आउँदै गएको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्र्रहरी कार्यालय खोटाङले जनाएको छ ।

-himal FM

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय