काठमाडौँ, २७ माघ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि एन्फाको केन्द्रिय चुनावमा अध्यक्ष पदका लागि शनिबार उम्मेदवारी दर्ता गराउनुहुने भएको छ । चर्चित नेपाली फुटबल क्लब हिमालयन शेर्पा क्लबको अध्यक्ष समेत रहनुभएका शेर्पालाई विभिन्न जिल्ला फुटबल संघ र क्लबहरुको समर्थन छ । शेर्पा गत बर्षको केन्द्रिय चुनावमा वर्तमान एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठसँग झिनो मतका आधारमा पराजित हुनुभएको थियो ।
आगामी चैत्र १४ गते हुने एन्फाको केन्द्रिय चुनावमा अध्यक्ष पदका लागि एन्फाका पूर्व प्रमुख कार्यकारी इन्द्रमान तुलाधर तथा प्रशिक्षक कृष्ण थापाले आफ्नो उम्मेदवारीको घोषणा गरिसकेका छन् । त्यस्तै वर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष मणि कुँवरले पनि केन्द्रिय अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्ने बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय