
मंसिर ५, २०७४- हिमालयन शेर्पा क्लब प्रथम चन्द्रागिरी गोल्डकप फुटबलको च्याम्पियन बनेको छ । राजधानीको नैकापमा भएको फाईनल खेलमा १० खेलाडीमा सिमित फ्रेण्डस क्लबलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै हिमालयनले उपाधि जितेको हो । हिमालयनलाई जिताउन विसन गुरुङ, पियुस हेनरी र सेडरिक आवाले गोल गरे ।
फ्रेण्ड्सका विदेशी खेलाडी लावलले टीमलाई अग्रता दिलाएका थिए । दोहोरो पहेंलो कार्ड पाएका रुमेश बर्तौला खेलको ६८ औँ मिनेटमा मैदानबाट बाहिरिएपछि फ्रेण्ड्स १० खेलाडीमा सिमित भएको थियो । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
जितसँगै हिमालयनले ५ लाख रुपैयाँ पाउँदा फ्रेण्ड्स क्लबले २ लाख ५० हजारमा चित्त बुझायो । विजेता हिमालयनका विसन गुरुङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । फ्रेण्डसका कप्तान धिरज श्रेष्ठ सर्वाधिक गोलकर्ता भए । दुवैले जनही ३० हजार रुपैयाा हात पारे ।
Source:ekantipur