पेरिस ओलम्पिकमा १२ स्वर्णसहित चीनले पदक तालिकामा शीर्षस्थानलाई यथावत् राखेको छ । उसले अहिलेसम्म १२ स्वर्ण, ७ रजत र ७ कांस्य गरी २६ पदक जितेको छ ।

त्यस्तै अमेरिका ९ स्वर्ण, १६ रजत र १३ कांस्य गरी ३८ पदकसहित दोस्रोमा छ । अमेरिका अहिलेसम्म सर्वाधिक पदक जित्ने टोली हो । तेस्रो स्थानमा रहेको फ्रान्सले ८ स्वर्ण, ११ रजत र ९ कांस्य गरी २८ पदक जितेको छ ।

चौथोमा रहेको अस्ट्रेलियाको ८ स्वर्ण, ६ रजत र ५ कांस्य गरी १९ पदक छ । जापानले पनि  ८ स्वर्ण, ३ रजत र ५ कांस्य गरी १६ पदकका साथ तालिकाको पाँचौ स्थानमा रहेको छ ।

बेलायत २३ पदकका साथ छैठौ र १२ पदकका साथ दक्षिण कोरिया सातौँ स्थानमा छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय