काठमाडौं, मंसिर १२
बिहीबार राति स्पेनिस कोपा डेल रे फुटबलअन्तर्गत बार्सिलोना र इस्पान्योलबीच भएको खेलमा बार्सिलोनाले २–० को जित निकाल्यो । आफ्नो टिमलाई प्रतियोगिताको सेमिफाइनल पुर्याउन यस खेलमा बार्सिलोनाका स्टार मेस्सीले १ गोल गरे । त्यसअघि लुइस स्वारेजले १ गोल गरेका थिए ।
यसै प्रतियोगितामा गरेको २ गोलको मदतमा बार्सिलोनाले आफ्नो घरमा खेलेका सबैखाले अफिसियल प्रतियोगितामा गरेर ४ हजार गोल पूरा गरेको छ । यो खेल स्टार मेस्सीका लागि सुखद् रह्यो । यसकारण कि, टिमका लागि ४ हजारौं गोल गर्ने सौभाग्य मेस्सीले नै पाए ।
मेस्सीले खेलको २५औं मिनेटमा गोल गरेका थिए । उक्त गोल बार्सिलोनाका इतिहासमा कीर्तिमानी गोल थियो । मेस्सीको त्यही गोलबाट बार्सिलोनाले क्याम्प नोउमा सबैखाले प्रतियोगितामा गरेर कूल ४ हजार गोल गरेको हो ।
बार्सिलोनाले हालसम्म सबैभन्दा बढी ला लिगामा २ हजार ७ सय ६५ गोल गरेको छ । त्यसपछि स्पेनिस कोपा डेल रेमा ५ सय ८ गोल गरेको छ । उसले युरोपियन कप च्याम्पियनस लिगमा कूल ३ सय ६८ गोल गरेको छ ।
त्यस्तै, कप विनर्स कपमा १ सय ७ गोल गर्दा युइएफए कपमा ९२ गोल, इन्टर सिटिज फेयर्स कपमा ८७ गोल, स्पेनिस सुपर कपमा ३९ गोल गर्दा कोपा डे ला लिगामा २५, युरोपियन सुपर कपमा ७ तथा फेयर्स कप ट्रफी प्ले अफमा २ गरी बार्सिलोनाले कुल ४ हजार गोल गरेको छ ।
२–० ले विजयी यस खेलमा अर्का स्टार लुइस स्वारेज खेलको नवौं मिनेटमा पहिलो गोल गरेका थिए । पहिलो लगेमा १–० पराजित बार्सिलोना दोस्रो लोगमा पुनरागमन गर्दै प्रतियोगिताको अन्तिम चारमा पुगेको छ ।