एजेन्सी । यहि महिना पाँचौंपटक प्रतिष्ठित बेलन डिअर अवार्ड जितेका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले विश्व फुटबलमा आफ्नो नाम विशेष रुपमा राख्न सफल भएको अनुभव गर्न थालेका छन् । यो उपलब्धी हात पारेसँगै उनले व्यक्तिगत रुपमा बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनल मेसीको बराबरी गर्नुलाई पनि आफूले हासिल गरेको एउटा गर्विलो सम्मानका रुपमा लिएका छन् ।

अक्टुबरमा फिफाको प्रतिष्ठित बेस्ट अवार्ड जितेका रोनाल्डोले गत सातामात्र बेलन डिअर अवार्ड पनि पाँचौंपटक जित्न सफल भएका थिए । रोनाल्डोले फिफासँगको कुराकानीका क्रममा लामो समयसम्म फुटबलको आइकन बन्न सकेकोमा सन्तुष्टी व्यक्त गरेका छन् ।

रोनाल्डो भन्छन् “एकपटक फेरि यो स्थानमा आइपुग्नु मूल्यवान छ । मैले आफ्नो टिममेट र क्लबका लागि राम्रो गरिरहेको छु । म सधै विश्व फुटबलमा आफ्नो पहिचान बनाउन चाहन्थें र मैले यति धेरै अवार्ड जितेर त्यो पनि बनाउन सफल भएको छु ।

मैले फुटबल इतिहासमा मेसीजस्तो खेलाडीसँग प्रतिस्पर्धा गर्दै थुप्रै अवार्ड जितें र एउटा नयाँ अध्याय लेख्न सफल भएँ, यो मेरो लागि ठूलो सम्मानको कुरा हो । साथै यो मेरो फुटबल जीवनकै मूल्यवान क्षण हो, जसले मलाई निरन्तर फुटबल खेल्न प्रेरित गर्दछ ।

म प्रेरित हुन चाहन्छु, किन कि मलाई सधै फुटबल खेल्न मनपर्छ । म सधै यसको मजा लिन चाहन्छु तर मलाई लाग्छ मेरो टिममेट र समर्थकहरुलाई फुटबलको मजा दिन सकुँ । म यसलाई निरन्तरता दिनेछु, फुटबल खेल्नु मेरो मुख्य विशेषता हो, जसलाई म धेरै मन पराउँछु ।”

रोनाल्डोले हालसम्म क्लब र व्यक्तिगत रुपमा कयौं उपाधि जितिसकेका छन् । गत बर्ष पोर्चुगलले रोनाल्डोको कप्तानीमा युरो च्याम्पियनसिपको उपाधि जित्नुलाई आफ्नो जिन्दगी कै अविस्मरणीय क्षण मान्छन् रोनाल्डो ।
khel-dainik

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय