
काठमाडौं । हिमालयन योक्पू फाउन्डेशनको आयोजनामा प्रथम ओङछु शेर्पा स्मृतीकप भलिबल प्रतियोगितामा सम्पन्न भएको छ । पौष १५ देखि १८ गते सम्म टाप्टिङ –३, खाम्दीङ सोलुखुम्बु स्थित फत्तान्जे आधारभूत विद्यालयको प्राङगणमा आयोजित प्रतियोगितामा जिल्ला भित्रका १४ समूह सहभागि थिए ।
लिककम नकआउटका आधारमा भएको प्रतियोगितामा गैयादेवी बाल क्लब तिङलाले प्रथम स्थान हासिल गरे । त्यस्तै, जनकल्याण युवा समूह फत्तान्जे द्धितीय, जनप्रिय मावि टाप्टिङले तृतीय र नेपाने युवा क्लव खोरियाले सान्त्वना स्थान हासिल गरेको आयोजक संस्थाका कोषाध्यक्ष आङ बाबु शेर्पाले जानकारी दिए ।
समृद्धी, गतिशिलता र परिवर्तनका लागि खेलकूद नारासहित सोलुखुम्बु जिल्लाकै सार्वधिक पुरस्कार राशि भएको प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेलाई क्रमशः नगद १ लाख ८० हजार ८ सय ८८, १ लाख ३० हजार ३ सय ३३, ८० हजार ८ सय ८८ र ५० हजार ५ सय ४४ का साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरे ।
प्रतियोगितामा वेस्ट स्पाइकरका रुपमा जनकल्याण युवा क्लवका मदन मगर, चेकर जनप्रिय माविका सुजन बराइली र सटर गैयादेवी बाल क्लवका रामबहादुर खड्का छनौट गरी नगद ५ हजार ५ सय ५५ का साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरे ।
पुरस्कार वितरण समरोहमा शेर्पा प्रदेश समितिका अध्यक्ष लाक्पा शेर्पा, निवर्तमान गाविस अध्यक्ष सन्तोष मगर लगायतको उपस्थिती थियो ।
आजको कार्यक्रममा भने हामी प्रतियोगिताको सेरोफेरो मै केन्द्रीत रहने छौं । सोलुखुम्बु जिल्लाको टाप्टिङ–१, च्याङबामा जन्मिएका समाजसेवी, पर्यटन व्यवसायी, सगरमाथा आरोही संघका अध्यक्ष वाङछु शेर्पाको प्रथम बार्षिक पुण्यतीतिमा आयोजित प्रतियोगितालाई तीन चरणमा सञ्चालन गर्ने सोही अवसरमा अध्यक्ष आङ फूला शेर्पाले जानकारी दिए ।
प्रतियोगिताको स्वास्थ्य मन्त्री गगन थापाले दीप प्रज्ज्वलन गरी उद्घाटनपछि औपचारिक रुपमा शुरु भएको प्रतियोगितामा सोलुखुम्बु कांग्रेस सभापति पुरुषोतम वस्नेत, एमाले अध्यक्ष मानवीर राई, संघीय समाजवादी फोरमका अध्यक्ष नरेन्द्र थापामगर, नयाँ शक्ति नेपालका प्रतिनीधि लगायतको उपस्थिती थियो । त्यस्तै, प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटा लगायतले आफ्नो भनाइ राखे ।
भलिबल प्रतियोगिताको विशिष्ठ अतिथिद्धय सांसद बलबहादुर केसी र यज्ञराज सुनुवारले कोणमा सर्भिस गरेर उद्घाटन गरे । जिल्ला खेलकूद विकास समितिबाट रेवन्त वस्नेत लगायत एम्पायरहरुले खेलको सहजीकरण गरी सञ्चालन गरेका थिए ।
उद्घाटन समरोहमा स्वागत मन्तव्य राख्दै फाउन्डेशनका सचिव तथा स्व. वाङछु शेर्पाका सुपुत्री लाक्पा शेर्पाले समाज रुपान्तरणमा वाङछु शेर्पाको योगदानको चर्चा गरे ।
त्यस्तै, शुभकामना भनाई राख्दै ओखलढुंगा क्षेत्र नं. १ का सांसद यज्ञराज सुनुवारले भूगोलले ओखलढुंगा र सोलुखुमबु विभाजन गरेपनि भावनात्मक रुपमा एक रहेको भनाई राखे । सडक सञ्जाल विस्तार गरी पर्यटन पथ मार्गको रुपमा विस्तार गरे वाङछुको सपना साकार हुने विचार व्यक्त गरे ।
यातायात, शिक्षा र स्वास्थ्य आफ्नो पहिलो प्रथामिकता रहेको बताउँदै पूर्व मन्त्री तथा सांसद बलबहादुर केसीले वाङछु शेर्पाको सापना साकार पार्नका लागि आफू क्रियाशिल रहने दृढता व्यक्त गरे । वाङछु शेर्पाका योगदानको चर्चा गर्दै सांसद केसीले भने ।
वाङछु् शेर्पा मेमोरियल अस्पतालको शिलान्यासपछि कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै स्वास्थ्य मन्त्री गगनकुमार थापाले मुलुकको वर्तमान अवस्था र स्वास्थ्य नीतिको चर्चा गरे । निर्माणधीन स्वास्थ्य संस्थाको वृत्तिविकास र कानूनी जटिलता समाधानको लागि आफू सँधै तैयार रहेको उनले सो अवसरमा प्रतिबद्धता व्यक्त गरे ।
प्रतियोगिताको स्थानीय हिमाल एफ एम र सोलु एफएमले प्रत्यक्ष प्रसारण गरेका थिए । प्रतियोगिता सफल पार्न भूमिका निर्वाह गर्ने सञ्चारमाध्यम, सञ्चारकर्मी, स्वयमसेवक, विभिन्न संस्थाहरुलाई समापन समरोहमा सम्मान गरे । प्रतियोगितामा ओखलढुंगाबाट पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष दीपेन्द्र रुम्दाली, सचिव कुम्भराज राई, कोषाध्यक्ष शिव प्रसाद ढुंगाना लगायत उपस्थित थिए । त्यस्तै, सोलुखुम्बु पत्रकार महासंघका अध्यक्ष मनोज कुमार श्रेष्ठ, सोलु एफएमका स्टेशन मेनेजर नुतन श्रेष्ठ, योङ स्टार क्लवका अध्यक्ष बुद्धि नारायण श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी, खानेपानी, अनुसन्धान कार्यालयका प्रमुख लगायत सरकारी निकायका अधिकारीहरुको समेत उल्लेख्य सहभागि थिए ।
Source: शेर्पाखबर