असार, काठमाडौं । अन्तिम एकदिवसीय क्रिकेटमा ३ विकेटको जित हात पार्दै जिम्बावेले श्रीलंका विरुद्धको एकदिवसीय सिरिज ३-२ ले जितेको छ ।
जिम्बावेका लागि यो जित ऐतिहासिक छ । उसले पहिलो पटक श्रीलंकाविरुद्धको सिरिज जितेको हो भने ८ वर्षपछि पहिलो अवे सिरिज जित हो ।
हम्बनटोटामा श्रीलंकाले प्रस्तुत गरेको २०४ रनको लक्ष्य जिम्बावेले ३८.१ ओभरमा ७ विकेट गुमाएर भेट्टाएको थियो ।
उसको सुरुवात राम्रो थियो । हृयामिल्टन मासाकाड्जा र सोलोमन मियरले पहिलो विकेटका लागि ९० रनको साझेदारी गरे । मियर ४३ रनमा आउट भए । हामिल्टनले टारिसाई मुसाकान्डासँग ४५ रनको साझेदारी गरे । ७३ रन बनाएर उनी आउट भएपछि भने जिम्बावेको पारी लरबरायो ।
थप ३७ रन जोड्दा जिम्बावेले ७ विकेट गुमायो । तर, सिकन्दर राजा क्रिटमा टिकिरहे र गि्रम क्रेमरसँग जितेर टिमलाई जिताए ।
श्रीलंकाका अकिला दानानजयाले ४ तथा लासिथ मालिंगाले २ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २०३ रन बनाएको थियो । उसको सुरुवात भने खराब थियो । मात्र ३ रन जोड्दा ओपनर निरोशन डिकवेल मात्र ३ रनमा आउट भए ।
श्रीलंकाले ३१ रन जोड्दा ३ जिकेट गुमाइसकेको थियो । तर, दानुष्का गुनाथिलकाले पारी सम्हाले । उनले चौथो विकेटका लागि एन्जेलो म्याथुसँग ४७ रनको साझेदारी गरे भने पाँचौ विकेटका लागि एलासा गुणाराष्टसँग ४१ रनको । उनले ५२ रन बनाए भने म्याथुको नाममा २४ रन रहृयो । श्रीलंकाले छैटौं र सातौं विकेट भने सस्तैमा गुमायो ।
तर, एलासा गुणाराष्टले सम्हालिएर खेले । आठौं विकेटका लागि अकिला धनन्जयसँग २७ रनको साझेदारी गरेका उनले नवौं विकेटका लागि दुश्मंथा चमेरासँग अविजित ५० रनको साझेदारी गर्दै टीमको स्कोर २०० कटाए ।
गुणाराष्ट ५९ र चमेरा १८ रनमा अविजित रहे । जिम्बावेका सिकन्दर राजाले ३ तथा गि्रम क्रेमरले २ विकेट लिए ।