इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुल विजयी भएका छन् । चेल्सीले ब्राइटनलाई ३–२ गोल अन्तरले हराएको हो भने लिभरपुलले फुलहमलाई ४–३ गोलले हरायो । लिभरपुल ३१ अङ्कसहित  तालिकाको दोस्रो स्थानमा छ । ३३ अङ्क भएको आर्सनल शीर्ष स्थानमा छ ।

यस्तै, गएराति नै भएका खेलमा तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले टोटनहमसँग ३–३ को बराबरी खेलेको छ । सिटीको ३० अङ्क रहेको छ ।  यस्तै, बर्नमाउथ र एस्टोन भिल्लाले २–२ गोलको बराबरी खेल्दा वेष्टह्याम र क्रिस्टल प्यालेसले एक एकको बराबरी गरेका छन् ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय