दिनेश थापा/ टोकियो
गल्कोट स्पोर्ट्स क्लव टोकियोद्वारा आयोजित नवौ सिल्भर रनिङ कपको च्याम्पियन स्पोर्ट्स क्लव टोकियो नै बनेको छ।

जन्मभुमि र कर्मभूमिमा रहेर सामाजिक र खेलकुद क्षेत्रमा विशेष योगदान पुराएकोमा संस्थाले निरन्तर गर्दै आईरहेको विशेष सम्मान कार्यक्रममा यसपटक पुर्व भलिवल खेलाडी श्री कृष्ण थापा ज्यूलाई, आफ्ना विशेष कार्यक्रम लिएर जापानमा आउनु भएका गलकोटका शान, पहिचान र गौरव बन्नु भएका मौलिक लोकगित , संगित र अभिनयमा उत्तिकै दख्खल राख्नुहुने बहुआयामीक व्यक्तित्व बसन्त थापा र गलकोट समाज जापान संस्थापक समादरणिय व्यक्तित्व श्री मोहन खत्री ज्यूलाई दोसल्ला ओडाएर साथै सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।
साथमा गायीका समिक्षा अधिकारी र तारा थापालाई समेत कार्यक्रममा सम्मान गरिएको थियो भने कार्यक्रमको भव्य सफलताको शुभेच्छा प्रकट गर्दै MAIN SPONSOR को भुमिका निर्वाह गरेको गलकोट समाज जापान, HOSPITALITY PARTNER मा नाङ्लो घर सिनओकुबो, EDUCATION PARTNER मा SUSUMU INTERNATIONAL LUNGAGE TRAINING CENTER साथै TRAVEL PARTNER को भुमिका निर्वाह गरेको SUMEGH TOURS AND TRAVELS लाई समेत विशेष सम्मान गरिएको महासचिव दिनेश थापाले बताए।





