एनवाईएफसी ८८४८ जापानले आगामी अक्टोबर ६ गते (आईतबार) चिबाको नागारेयामास्थित जेड फुटसल स्पोर्ट ग्राउन्डमा “प्रथम ८८४८ गोल्ड कप” फुटसल प्रतियोगिता आयोजना गर्न लागेको छ। यस प्रतियोगिताले जापानमा रहेका सम्पूर्ण नेपाली फुटसल खेलाडीहरूलाई एकै थलोमा ल्याउने लक्ष्य राखेको छ।
एनवाईएफसी ८८४४ जापानले जापानमा रहेका सम्पूर्ण नेपाली संघ-संस्था, क्लब तथा फुटसल खेलाडीहरूलाई यस प्रतियोगितामा सहभागी हुन हार्दिक अनुरोध गरेको छ। यस प्रतियोगिताले नेपाली समुदायलाई एकताबद्ध बनाउने र खेलकुदको माध्यमबाट स्वस्थ रहने वातावरण सिर्जना गर्ने लक्ष्य राखेको छ।
एनवाईएफसी ८८४८ जापानका अध्यक्ष सेबाक सरु मगरले यस प्रतियोगिताले नेपाली फुटसलको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ।
प्रतियोगितामा विजेतालाइ ४ लाख येन,उपविजेतालाइ २ लाख येन ,सेमिफाइनलिस्टलाइ५० हजार येन ,उच्च गोलकर्तालाइ५ हजार येन, सर्वोत्कृष्ट गोलरक्षकलाइ ५ हजार येन र सर्वोत्कृष्ट खेलाडी: ५ हजार येन पुरस्कार तोकिएको छ ।
प्रतियोगिता अक्टोबर ६ गते (आईतबार) बिहान ८ बजे देखि बेलुकी ८ बजे सम्म ८५ माइगासाकी, नागरेयामा सिटी २७०-०१४४ (किता कोगाने स्टेशन)मा हुने जनाइएको छ ।





