सोलुखुम्बुमा अन्तर्राष्ट्रिय स्तरको ‘रातनांगे एन्डुरो माउन्टेन बाइक रेस’ प्रतियोगिता हुने भएको छ । फाप्लु माउन्टेन बाइक क्लब र सोलुदुधकुण्ड नगरपालिकाको संयुक्त आयोजनामा रातनांगे एन्डुरो माउन्टेन बाइक रेसको दोस्रो संस्करण २०२४ हुने भएको हो ।
यही चैत्र १ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने रेसमा १३ वटा ट्रेल निर्माण गरिएको छ जसमा ७ वटा ट्रेलमा रातनांगे एन्डुरो माउन्टेन बाइक रेस हुने फाप्लु माउन्टेन बाइक क्लबका निर्देशक मिङमार याङजी शेर्पाले सोलु एफ. एम. लाई जानकारी दिनुभयो ।
ग्रामीण भेगका खेलाडीहरूको क्षमता विकास गर्दै खेल क्षेत्रमा भविष्य देखेर आउने खेलाडीहरूलाई बढवा दिने साथै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ हरेक वर्ष सोलुखुम्बुमा रातनांगे एन्डुरो माउन्टेन बाइक रेसको आयोजना गरिँदै आएको निर्देशक शेर्पाको भनाई छ ।
विश्वभरिका माउन्टेन बाइकका खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । रातनांगे एन्डुरो माउन्टेन बाइक रेसमा एलिटतर्फ महिला पुरुष, मास्टर्स ३५ माथिका र १२ वर्षदेखि १५ वर्षमुनिका धावकले जुनियर क्याटागोरीमा भाग लिन पाउनेछन् ।
एलिटतर्फ प्रथम, द्वितीय र तृतीय हुने महिला पुरुषका लागि क्रमशः ३० हजार, २० हजार, १० हजार रुपैयाँको साथमा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।
मास्टर क्याटागोरी ३५ माथिका र जुनियर १२ वर्षदेखि १५ वर्षमुनिका प्रथम द्वितीय र तृतीय हुनेले आकर्षक गिफ्ट ह्यापर प्राप्त गर्ने
सो कार्यक्रमको विषयमा १८ फागुनमा पत्रकार सम्मेलन विस्तृत जानकारी दिने फाप्लु माउन्टेन बाइक क्लबका निर्देशक मिङमार याङजी शेर्पाले जानकारी दिनुभयो ।
@solufm





