नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको द्विपक्षीय टी२० शृङ्खलाको अन्तिम खेलमा नेपाल छ विकेटले विजयी भएको छ।

शनिवार दिउँसो टस जितेर ब्याटिङ रोजेको पाहुना टोलीले दिएको १७३ रनको लक्ष्य नेपालले १८ ओभर ५ बलमा पुरा गर्‍यो।निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा वेस्ट इन्डिजले १७२ जोडेको थियो।

पाँच खेलको यस शृङ्खलाको पहिलो र अन्तिम खेलमा नेपाल विजयी भए पनि बाँकी तीन खेलमा पराजित भएको थियो। गत अप्रिल २७ बाट सुरु भएको शृङ्खलामा नेपाल ३-२ ले पछि पर्‍यो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय