जापानमा मगर समुदायको हकहित र संस्कृति प्रवर्द्धनका लागि स्थापित नेपाल मगर संघ जापानले आफ्नो सङ्गठन विस्तारलाई तीव्रता दिएको छ। यसै क्रममा, जुलाई २० आइतबारका दिन सेन्दाईमा ‘प्रथम अधिवेशन – २०२५’ आयोजना हुँदैछ।

महासचिव भिक्टर मगरका अनुसार, हालसम्म ओकिनावा (अध्यक्ष: राम ब. थापा मगर), कान्साई (अध्यक्ष: पूर्ण गर्बुजा मगर) र गुम्मा (अध्यक्ष: बालकृष्ण पुर्जा मगर) मा क्षेत्रीय समितिहरू गठन भइसकेका छन्।

सेन्दाईपछि जुलाई २७ मा सिजुओका, अगस्ट ३ मा नागोया र अगस्ट १० मा फुकुओकामा पनि क्षेत्रीय समिति गठन तथा अधिवेशनका कार्यक्रमहरू तय भएका छन्। यी सबै क्षेत्रीय समितिहरूको गठनपछि सम्भवतः ९ महिनाभित्र केन्द्रीय समितिको अधिवेशन सम्पन्न गर्ने योजना रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय