
टोकियो: नेपालको राष्ट्रिय पर्व तथा तामाङ समुदायको महान सांस्कृतिक एवं धार्मिक पर्व मन्जुश्री सम्वत २८६१ डुल ल्हो (सा पुख्री) सर्प बर्ग सोनाम ल्होछारको अवसरमा यही मिति: २०२५ फेब्रुअरी २ तारिख आईतबार दिउसो १३ बजेबाट टोक्यो सिन्जुकु स्थित ATOM SHINJUKU क्लबमा नेपाल तामाङ समाज जापानको आयोजनामा सोनाम ल्होछार “बृहत सांस्कृतिक साँझ-२०२५” हूँदैछ ।
नेपाल तामाङ समाज जापानका अध्यक्ष कर्साङ तामाङका अनुसार कार्यक्रमलाई आकर्षक र मनोरन्जनात्मक बनाउन उक्त सांस्कृतिक साँझमा नेपालबाट आमन्त्रित चर्चित मोडल एबम् डान्सर याङ्गी दोङ तथा जापान मै रहेका गायक अनिल लामा, कर्म दोङ र अन्य कलाकारहरुको बेजोड प्रस्तुति हुनेछ । साथै उहाँले उक्त सांस्कृतिक कार्यक्रममा जापानमा रहनुभएका तामाङ तथा गैरतामाङ सम्पुर्ण नेपाली महानुभावहरुलाई उपस्थितको लागि अनुरोधसहित निमन्त्रणसमेत गरेका छन् ।
ड्राईगन बर्ग (डुक ल्हो) को विदाई र सर्प बर्गको स्वागतमा भोली अर्थात २ तारीख मनाईने उक्त ल्होछार सांस्कृतिक कार्यक्रम गत बर्षहरूको तुलनामा पर्याप्त समयाबधि भएकोले यस पटकको टोक्यो ल्होछार कार्यक्रम विशेष र अर्थपुर्ण हुने महासचिब जनक थोकरले जानकारी दिनुभयो ।।
ATOM SHINJUKU
〒160-0022 Tokyo, Shinjuku City, Shinjuku, 5 Chome−17−13 8F
02 February 2025
13:00~20:00