थकाली सेवा समिति जापानको आगामी मार्च महिनाको २३ तारिख आईतबारका दिन १७ औं अधिवेशन हुने भएको छ ।
थकाली समुदायको महान चाड तोरन्ल (फागुपूर्णिमा) को अवसरमा आयोजित उक्त अधिवेशन टोकियो हामामाचुस्थित मन्दिर रेष्टुरेन्टमा हुन लागेको हो । उक्त अधिवेशनमा हालसम्मको कार्यप्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गरिनुका साथै प्रतिबेदन उपर छलफल गरी पारित गरिने छ भने अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गर्ने कार्यक्रम रहेको अध्यक्ष बुद्धि गौचनले नेपाली समाचारलाई जानकारी दिनुभयो ।
थकाली सेवा समिति जापानले हरेक वर्ष फागुपूर्णिमाको छेको पारेर आफ्नो अधिवेशन गर्दै आईरहेको छ । फागुपूर्णिमा विशेष अधिवेशनमा स्थानीय कलाकर्मीहरुको साँगीतिक प्रस्तुती पनि रहने बताईएको छ ।
थकाली सेवा समिति जापानमा सबैभन्दा पुराना संघसंस्थाहरु मध्यको एक हो । फागुपूर्णिमा पर्वलाई थकाली समुदायले आफ्नो सबैभन्दा ठूलो पर्वकारुपमा हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आईरहेका छन् ।
स्मरण रहोस्, थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धि गौचन छैठौं पटकसम्म दोहोरिएर अध्यक्ष हुने जापानको नेपाली कम्युनिटीका एक्ला अध्यक्ष हुनुहुन्छ । उहाँको निष्ठा, त्याग, कामप्रतिको समर्पण र जिम्मेवारीप्रतिको इमान्दारिताका कारण गौचन पटक पटक अध्यक्षका लागि समाजको रोजाईमा पर्नुभएको हो ।***

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय