सोलुखुम्बु । नेपाली कांग्रेसका कार्यकर्ताले सोलुखुम्बुको सोताङ शिवटार बजारमा रहेको बाम गठबन्धनको चुनावी प्रर्चा च्यातिदिएका छन् । चुनावी प्रर्चा च्यातिदिएपछि आक्रोशित बनेको बाम गठबन्धनका कार्यकर्ताहरुले प्रतिनिधि सभा सदस्यको उम्मेद्धार बलबहादुर केसीलाई सोताङबाट लखेटेको बताएका छन् ।

आज (शुक्रबार) हुने बाम गठबन्धनको चुनावी कार्यक्रमको लागि टाँगिएका चुनावी प्रर्चा बिहीबार रातको समयमा होहल्ला गर्दै आएको कांग्रेसका कार्यकर्ताले च्यातिदिएको एमाले नेता जगन्नाथ बास्तोलाले बताए ।
थप जानकारीको लागि तल क्लिक गर्नुहोस ।

https://youtu.be/ChK0wJV2ILI

उम्मेदवार केसी महाकुलुङ तर्फको कार्यक्रम सकेर सोताङ आउने क्रममा बखपलममा बास बसेका थिए । केसी विहान सोताङ आइपुगेपछि कांग्रेस कार्यकर्ता र बाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको थियो । झडपमा बाम गठबन्धनका घनश्याम नेपाली र कांग्रेसका पेमा तामाङ गम्भीर घाईते भएका छन् । घाइते तामाङलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । अन्य घाईतेको अवस्था सामान्य रहेको छ ।

https://youtu.be/p-SoTHvIr5s

दोषीलाई कारवाही गर्न स्थानीय प्रशासनलाई गठबन्धनको ध्यानाकर्षण
बाम गठबन्धनको चुनावी पर्चा च्यात्ने कार्यमा संलग्न नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई निर्वाचन कानून अनुसार कारवाहीको दायरामा ल्याउन स्थानीय प्रशासनको ध्यानाकर्षण गठबन्धनले गराएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सरस्वती खड्का भण्डारीलाई विज्ञप्ती बुझाउँदै प्रदेश ‘ख’ बाम गठबन्धनका साझा उम्मेदवार बुद्धिकुमार राजभण्डारीले दोषीलाई तत्कालै कारबाही नगरे त्यसपछि उत्पन्न परिस्थितिको सामना गर्न प्रशासनले नसक्ने समेत चेतावनी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा भने भोली जुबुमा हुने नेपाली कांग्रेसको चुनावी सभामा प्रधानमन्त्री शेरबहादुर देउवा आउने भएकाले त्यसतर्फ लागेका छन् ।
उता बाम गठबन्धनले तत्कालै दोषीमाथी कारबाही नगरे भोली जुबुमा हुने कांग्रेसको चुनावी कार्यक्रम बिथोल्ने चेतावनी दिएको छ । शान्तिपूर्ण रुपमा चुनावी अभियानमा खटिएका बाम गठबन्धनका उम्मेदवार तथा कार्यकर्ताहरुलाई गुण्डागर्दी तरिकाले आक्रमण र चुनावी प्रर्चा च्यात्ने प्रवृत्तिको प्रशासनले तत्कालै कारबाही नगरे आफूहरु पनि त्यसको प्रतिरोधमा उत्रिने बताएका छन् ।
यसैबी बाम गठबन्धन सोताङले पनि विज्ञप्ती जारी गरी घटनाको विरोद गरेको छ ।

Source:sagarmatha online

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय