दावा जाङबु शेर्पा काठमान्डैा सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका २ मा अबस्थित जरोङ्ग थुप्तेन दोङग छ्योलिङ गुम्बाका दिवंगत महान धर्मगुरु दोर्जी लोपेन ङवाङ लुङ्दोका आवातारी टुल्कु ग्युर्मेत दोर्जी ग्याल्पो रिन्पोछे ज्युलाई आज गुम्बामा एक कार्यक्रम आयोजना गरि ठीदेन तथा गद्दी आरोहण कार्यक्रम सम्पन्न भएको छ ।

बौद्द तथा तिब्बतियन पात्रो अनुसार आजको दिनअत्यन्त शुभ र महत्वपुर्ण तिथिहरु परेको कारणले सोही गुम्बा ब्यबस्थापन समितिका प्रमुख गोलोङ् (विक्षु)) ङवाङ ल्हुन्डुप लामाले तत्काल ठीदेन तथा गद्दी आरोहण कार्यक्रम गुम्बाले नै आयोजना गरेको थियो । गुम्बाका प्रमुख धर्मगुरु क्यप्जे ठुल्सिक रिन्पोछेका अवातारी यङ्सी रिन्पोछेज्युको प्रमुख उपस्थितिमा वहाँलाई गद्दी आरोहण गरिएको हो ।

अवातारी टुल्कु ग्युर्मेत दोर्जी ग्याल्पो रिन्पोछे आवातारी हो भनी आज भन्दा करिव २० बर्षा अगाडि गुम्बाका प्रमुख धर्मगुरु क्यप्जे ठुल्सिक रिन्पोछेको बहुलीबाट खोटाङ जिल्लामा अबस्थित हलेसी गुम्बामा पहिचान तथा प्रमाणित भएको थियो । आवातारी टुल्कु ग्युर्मेत दोर्जी ग्याल्पो रिन्पोछेको जन्म २०४६ साल जेठ ३०गतेका दिन सोलुखुम्बु जिल्ला सोलु दुधकुन्ड ३ लोदिङ गाउँमा बुबा ल्हक्पा गेल्बु शेर्पा र आमा थम्जी डोमा लामा शेर्पाको कोखमा भएको थियो । उहाँको जन्म लोदिङ गाँउमा भएपनि बाल्यकालको अधिकांश समय अनि बौद्द शिक्षादिक्षा भने सोलुखुम्बु जुन्बेशीमा हजुर बुवा तथा हजुर आमा तेन्जीङ जाङबु लामा र आङ ल्हमु लामाले दिनुभएको थियो ।

उहाँले भारतको देहरादुन स्थित मेन्ड्रोलिन गुम्बामा बैाद्द शिक्षाबाट आचार्य सम्मको अध्ययन गरेर सोही गुम्बामा प्रिन्सिपलको रुपमा अध्यापन गराउँदै आइरहनुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय