२२ अगष्ट लिस्बन – पोर्तुगलका लागि नेपाली अवैतानिक वाणिज्यदुत मकर बहादुर हमालको शैक्षिक योग्यतालाई लिएर परराष्ट्र मन्त्रालय काठमाण्डौंमा उजुरी परेको छ ।
पोर्तुगलबाट गैह्र आवसीय नेपाली संघ पोर्तुगलका अध्यक्ष सोमफुरी शेर्पा, एमाले निकट प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष मदन लिम्बु र समाजवादी पार्टी निकट नेपाली समाज पोर्तुगलका महासचिव ईश्वर पाण्डेले कन्सुलर मकरबहादुर हमाल नेपाल सरकारको अवैतानिक वाणिज्यदुत सम्बन्धी नियामावलीमा तोकिएको शैक्षिक योग्यताका लागि अयोग्य व्यक्ति भएको दावी गर्दै छानविन गर्न माग गरेका छन । “बर्तमान पोर्तुगलका लागि नेपाली अबैतानिक वाणिज्यदुत मकर बहादुर हमालज्यू नेपालको अबैतानिक वाणिज्यदुत सम्बन्धि नियमावली २०३९ को पाचौं संशोधन २०७५ को परिच्छेद २ को दफा ३ क मा रहेको अबैतानिक वाणिज्यदुतको योग्यताको उपदफा (ङ) बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उतिर्ण गरेको हुनुपर्ने ब्यवस्था बिपरित नियुक्ति भएको हाम्रो जानकारीमा आएको छ ।” उजुरी पत्रमा भनेका छन ।


त्यसै गरी हमालले कन्सुलरको नियुक्ति लिनका लागि फर्जी शैक्षिक योग्यता पेश गरेको हुन सक्ने गम्भीर आरोप लगाउदै सोही पत्रमा भनेका छन “उहाँले अवैतानिक नेपाली वाणिज्यदुतको नियुक्ति लिनका लागि पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्रहरु फर्जी हुनसक्ने देखिन्छ तसर्थ यस सम्बन्धमा उचित छानविन गरी अभिलम्ब कार्वाही गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।” मकर बहादुर हमाल कन्सुलर नियुक्त भएर काम गर्न थालेको लामो समय भैसकेको छ, लामो समय तपाईहरुले पनि उहाँसँग सहकार्य पनि गर्नु भो तर अनि अहिले आएर किन यस्तो गम्भीर आरोप लगाउने ठाउँमा पुग्नु भो भनेर प्रश्न गर्दा गैह्र आवासीय नेपाली संघ पोर्तुगलका अध्यक्ष सोम शेर्पाले कन्सुलर जस्तो पदमा बसेर सधै पक्षपाती व्यवहार मात्रै गरेर विवादमा आउन थालेपछि उहाँको सबै कुराहरुलाई गम्भीर रुपमा खोतालिदै जाँदो यो अयोग्यताको बिषय हालै मात्रै पत्ता लागेको बताए ।
पत्रमा भनिए झैँ नेपालको अबैतानिक वाणिज्यदुत सम्बन्धि नियमावली २०३९ को पाचौं संशोधन २०७५ को परिच्छेद २ को दफा ३(क) को १ मा रहेको अबैतानिक वाणिज्यदुतको योग्यताको उपदफा (ङ) मा “मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको” हनुपर्ने स्पष्ट व्यवस्था गरिएको छ । तर वर्तमान कन्सुलर मकर बहादुर हमाललाई नजीकबाट चिन्ने एकजनाले नाम नबताउने शर्तमा उहाँको शैक्षिक योग्यता एसएलसीसम्म मात्रै भएको हिमाली सन्देशलाई बताएका छन ।

 अबैतानिक वाणिज्यदुत सम्बन्धि नियमावली २०३९ पढ्न यहाँ क्लिक गर्नुहोस

पोर्तुगलको नेपाली समाजमा प्रायःजसो विवादमा आईरहने नेपाली कन्सुलर मकर बहादुर हमाललाई लागेको यो निकै गम्भीर आरोप हो । यहाँको नेपाली समाजमा अभिभावकको भुमिका निर्वाह गर्नुपर्ने दायित्व बोकेको कन्सुलर आफै पक्षपाती र समाज विभावनको द्योतक भएको मान्नेहरु धेरै छन । नेपाली काँग्रेस निकट जनसम्पर्क समितिको छाँया मात्रै भएर काम गर्ने गरेको आरोपहरु कन्सुलर हमालले खेप्ने नियमित अरोपहरु हुन । कुटनीतिक मर्यदा कायम गर्नुपर्ने जिम्मेवारी बोकेका उहाँलाई यसरी पक्षपाती र आग्रह पुर्वाग्रहको अचारण देखाउने भनेर आरोप लाग्नु भनेको उहाँको योग्यताकै समस्या नहोला भन्न सकिन्न । यसबारेमा उहाँलाई यो जिम्मेवारीमा नियुक्ति दिने परराष्ट्र मन्त्रालयले उचित छानविन गरेर सत्यतथ्य सार्वजानिक गर्न जरुरी छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय