काठमाडौं । मनबहादुर राना नेतृत्वको प्रवास समितिले नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघ गठन गरेपछि नेपाल आदिवासी जनजाति महासंघले प्रवास समितिको जिम्मेवारी हेरफेर गरेको छ ।

महासंघकै समन्वयमा रहने गरी अन्तर्राष्ट्रिय महासंघ गठन गरेको भनिएपनि त्यसलाई जनजाति महासंघले वैधानिकता दिएको थिएन । मनबहादुर राना नेतृत्वको महासंघलाई वैधानिकता नदिएको जनजाति महासंघले युएईका पासाङ शेर्पाको नेतृत्वमा नयाँ प्रवास समिति गठन गरेको जनाएको छ ।

महासंघका उपाध्यक्ष तथा विदेश विभाग इञ्चार्ज गोविन्द छन्त्यालले महासंघको अन्तर्राष्ट्रिय प्रवास तदर्थ समितिको रिक्त रहन गएको पदमा विधिसम्मत रुपले पदपूर्ति तथा जिम्मेजारी हेरफेर गर्दै पदाधिकारीहरु मनोनित गरेको जनाएका छन् ।

संयोजकः श्री पासाङ शेर्पा (युएइ)
उपसंयोजकः श्री हेम गुरूङ (पोर्चुगल)
सदस्यसचिवः श्री विमला सेने लिम्बू (युके)
सहसचिवः श्री मिलन राई (बहराइन)
आर्थिक संयोजकः श्री अरूण तामाङ (अष्ट्रेलिया)
सदस्यहरूः नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), विदेशस्थित प्रवास संगठनका वहालावाला अध्यक्षहरू, नेपाल आदिवासी जनजाति महासंघ, अन्तर्राष्ट्रिय प्रवास तदर्थ समितिको घोषणा भएको (सन् २०२१ अक्टोबर १६) समयमा अध्यक्ष रहेका नेफिन प्रवास संगठनका अध्यक्षहरू तथा संस्थापक सदस्यहरू ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय