सोलुखुम्बु : सोलुखुम्बुमा भिरबाट लडेर दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा सोलुदुधकुण्ड नगरपालिका २ लबुचेका ६४ वर्षीय पासाङ लामा र सोताङ गाउँपालिका १ खोर्दाका २६ वर्षिय तेज बहादुर लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

लामाको सोही ठाउँमा पर्ने लबुचे भिरबाट लडेर ज्यान गएको हो भने लामिछानेको सोताङ गाउँपालिका १ स्थित हुँगा दुधकोशी सामुदायिक वनको भिरबाट लडेर ज्यान गएको जिल्ला पह्री कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डिएसपी) कवित कटवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत विहिबार छोराको घर जान्छु भनी हिडेका लामा शनिबार तीन दिन सम्म गन्तव्यमा नपुगेको खबर प्रहरीलार्ई आफन्तले गरेपछि खोजतलास गर्दा भिरबाट लडेर मृत्यु भएको अवस्थाामा शनिबार शव भेटिएको हो । यस्तै लामिछानेको हुँगा दुधकोशी सामुदायिक वनमा घास काट्न जाने क्रममा शनिबार भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।

Source: Solu FM

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय