टोकियो/जापान। एनआरएनए जापानले भूकम्प प्रभावितहरुको राहत र उद्धारका लागि १५ लाख येन आर्थिक सहयोग गर्ने भएको छ।

एनआरएनए जापानले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेपालको जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्पमा परेर प्रभावित भएकाहरुको सहयोगार्थ राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गरिन लागेको बताएको हो ।

विज्ञप्तीमा भनिएको छ- “यस दुःखद् घडीमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानद्वारा तत्काल भूकम्प प्रभावित क्षेत्रका पिडित नागरिकको लागि राहत स्वरुप जापानी येन १० लाख र एनआरएनए जापान क्षेत्रीय समितिद्वारा जापानी येन ५ लाख गरी कुल १५ लाख जापानी येन रकम सहयोग गर्ने जानकारी गराउँदछौँ।”
विज्ञप्तीमा जनाईए अनुसार एनआरएनए जापानले जापानमा क्रियाशील संघ संस्थाहरुसँगको समन्वय र सहकार्यमा एनआरएनए जापानको नेतृत्वमा’भूकम्प पीडित राहत सङ्कलन अभियान’ समेत संचालन गर्ने तयारी गरेको छ।

शुक्रबार राती,पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भएको ६.४ रेक्टर स्केलको भूकम्पमा परेर यस समाचार तयार पार्दासम्ममा जाजरकोट तथा रुकुम पश्चिम लगायतका क्षेत्रका १५७ जनाको ज्यान जानुका साथै २ सय जनाभन्दा धेरै मानिसहरु घाइते भएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय