टोकियो, जापान — नेपालमा हालै आएको बाढीबाट पीडित तथा प्रभावित परिवारहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले शेर्पा संघ जापानको तर्फबाट रु. १,११,१११ (एक लाख एघार हजार एक सय एघार रुपैयाँ) आर्थिक सहयोग प्रदान गरिएको छ।

संघले उक्त रकम नेपाल सरकारअन्तर्गत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको संघका कोषाध्यक्ष दाफुरी शेर्पाले जानकारी दिनुभएको छ। नेपालका विभिन्न क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरिएको हो।

प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिक तथा परिवारहरूले कठिन परिस्थिति सामना गरिरहेका बेला विदेशमा रहेका संघसंस्थाबाट सहयोग जुट्ने क्रम जारी छ। यसै क्रममा जापानबाट शेर्पा संघले सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडितका लागि यो सहयोग गरेको हो।

संघले प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि आफ्नो तर्फबाट सहयोग गर्न पाउँदा खुसी व्यक्त गरेको छ। साथै, बाढीका कारण ज्यान तथा सम्पत्ति गुमाएका सम्पूर्ण प्रभावित परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै उनीहरूको शीघ्र राहत, पुनर्स्थापना र सामान्य जीवनमा फर्कने कामना गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय