टोकियो/जापान।विदेशी मुद्रा विनिमय बजारमा अत्यधिक अस्थिरताको सामना गर्न सबै सम्भावित कदमहरू चाल्न जापान “स्ट्यान्डबाइमा” रहेको एक उच्च मुद्रा कूटनीतिज्ञले बुधवार जनाएका छन् ।

यस वर्षको सुरुवातदेखिनै कमजोर रहँदै आएको जापानी येन मंगल पुनः ऐतिहासिक कमजोर बिन्दुमा पुगेको थियो। पछिल्लो मौद्रिक नीति सम्बन्धि बैंक अफ जापानको निर्णयले जापानी येनको लगानी सुरक्षित नदेखेका लगानीकर्ताहरु निरन्तर डलर किन्ने र येन बेच्ने लाईनमा छन् । परिणाम स्वरुप बुधबार पनि प्रति १ डलर १५१ जापानी येन भन्दा बढिमा कारोबार भयो।

सामान्तः बजारमा अप्राकृतिकरुपमा घटेमा या बढेमा सरकाले बजारमा प्रत्यक्ष हस्तक्षेप गर्नसक्दछ। गत वर्ष येन र डलरको बिनिमयदर १५० को बिन्दुमा पुग्दा जापान सरकाले बजारबाट येन किनेर प्रत्यक्ष हस्तक्षेप गरेको थियो।

यस वर्षपनि १४९ को बिन्दुदेखिनै हस्तक्षेप गर्नसक्ने प्रक्षेपण गरिएको थियो ।तर कमजोर येनका कारण बढिरहेको अभुतपूर्व पर्यटन तथा निर्यात व्यवसायबाट लाभ लिन सरकारले बजारमा कुनै हस्तक्षेप गरेन । तर अब भने १५१ को बिन्द पनि पार गरेकाले जुनसुकै समय बजारमा हस्तक्षेप गरिन सक्ने मुद्रा बजार विश्लेषकहरुले जनाएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय