यहिँ नोभेम्बर २५ तारिक योकोसुकामा रहेको सोरेयु पार्कमा योकोसुका भरतपुर फेर्डसिप डे नामक नेपाल महोत्सवको आयोजना हुने भएको छ।

जापान स्थित नेपाली राजदूतावास र योकोसुका नगरपालिकाको साथै जापान नेपाल आपसि सहयोग संघको आयोजना तथा जापान स्थित नेपाली संघ संस्थाहरुको सहयोगमा उक्त कार्यक्रम हुन गइरहेको छ।
कार्यक्रमको संयोजन गरिरहनु भएको योकोसुका निवासी समाजसेवी लोकनाथ वस्तिका अनुसार कार्यक्रममा महामहिम राजदूत डा दुर्गा वहादुर सुवेदी, योकोसुका मेयर कामिचि तथा भरतपुर नगरपालीकाबाट सयुक्त रुपमा उद्घाटन गरी १ दिने नेपाल महोत्सव मनाइने छ। उक्त कार्यक्रममा नेपालको विविध सस्कृति झल्काउने नृत्य, पञ्चेबाजा, लाखेनाँच बाँसुरी तथा मादल आदिको प्रस्तुति मार्फत नेपालको परिचय गराइनुका साथै, क्यारिमबोर्ड, लुडो (नागपासा), चुंगी लगाएतका नेपाली बालबालिकाहरुले खेल्ने मनोरञ्जनात्मक कार्यक्रम पनि निशुल्क अनुभव गर्न सकिनेछ।

जापानी नागरिकहरुको लागी सिलौटोमा मसला पिस्ने, नेपाली भाषामा नाम लेख्ने जस्ता कार्यक्रम पनि राखिएको आयोजक समेत रहनुभएको कानागावा नेपाल कम्युनिटिका संस्थापक अध्यक्ष हरी सापकोटाले बताउनु भयो।

उक्त कार्यक्रममा केहि घन्टा भएपनि भोलिन्टियर गर्न वा आफ्ना प्रस्तुति प्रस्तुत गर्न चाहनेले आयोजकलाइ सम्पर्क गर्न अनुरोध गरिएको छ।
कार्यक्रम बिहान १० बजेबाट साँझ ५ बजे सम्म रहनेछ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय