जापानको ओसाकामा बसोबास गरिहनुभएका जापानी नागारिक युताकामी नेपाल नेपाली अनि नेपालमा रहेका आदिवासी जनजातिहरुको मौलिक संस्कार संस्कृतिलाइ अत्यन्तै माया गर्ने जापानी नागारिकहरुमध्ये एक हुन ।
उनी सन २०१२ सालमा पहिलो पटक नेपाल भ्रमण गर्ने उद्देश्यले पर्यटकको रुपमा नेपाल पुग्नुभएको थियो । त्यसपछि सन २०१५मा भने उहाँ आफ्नो स्नातक तहको पढाइको शिलशिलामा नेपालमा रहेको नेपाली मौलिक डाका कपडा र नेपालको पुर्वी भागमा बसोबास गर्ने लिम्बुवान अनि लिम्बु जातिहरुको संस्कार संस्कृति अध्ययन गर्ने उद्देश्यले नेपाल जानुभएको थियो ।

उनी नेपाल जानुको अर्को कारण नेपालीहरु बिश्वब्यापीकरण अथवा बिदेश जानुको कारण अनि नेपाली डाका कपडाको बारेमा अध्ययन गर्नेरहेको बताउँनुभयो ।
युताकामी सानले नेपालको राजधानी काठमान्डौ अनि पोखरा पाल्पाको बिभिन्न गाँउठाँउहरुमा पुगी करिव एक बर्ष नेपालमै बसी अध्ययन गर्नुभएको थियो । भ्रमणको क्रममा नेपालमा नेपालीहरु आफुलाई प्राथमिकता दिनुको सट्टा अरुको अवस्था अनि समस्यालाइ लाई विचार गर्ने अनि सहयोगी स्वाभाव रहेको बताउँनुभयो । जापानको जीवनशैली अत्यन्त ब्यस्त हुन्छ तर नेपालमा जापानमा जस्तो हतारो देखिदैन आनन्दले काम गर्छन प्रायजसो कुराकानी तथा गफगाफ गरेर रमाइलो गर्ने गरेको भेटिए उहाँले हाँस्दै बताउनुभयो ।

उहाँले ने नेपाली भाषा औपचारिक रुपमा अध्ययन नगरेको र पहिलो तीन बर्षको मैले नेपाली जनतासँग संगतगरी कुरा गफगाफ गरेर र साताको करिव ९० मिनेट स्वअध्ययन गरेरनै नेपाली भाषा बोल्न सिक्नुभएको थियो । त्यसपछि जापान फर्केर जापानको बिश्व बिद्यालयमे नेपाली भाषा खनि ब्याकरणहरु अध्ययन गर्नुभएको थियो ।

त्यस पछि, नेपाली वर्ग जापानको ग्रेजुएट स्कूलमा आयोजना गरिएको थियो, त्यसैले मैले व्याकरण र उच्चारण सिके। साथैअन्य नेपाली तथा जापानी रिसर्चरहरुसंग सहकार्य गरी नेपाली भाषालाइ जापानी भाषामा अनुवाद पनि गर्दे आइरहनुभएको छ हाल तेस्रो संस्करणको पुस्तक प्रकाशन गरिसक्नुभएको छ । उहाँले २०२२को मार्च महिनामाGraduation school of Asian and african area studies kyoto university बाट पिएच डि गरी हाल क्योतो युनिभर्सिटीमा एसिया र अफ्रिकाको रिसर्चर अनि जापानको कान्साइ क्षेत्रमा रहेका बिभिन्न बिश्व बिद्यालयहरुमा आंशिक अथवा पार्ट टाइम लेक्चरलको रुपमा काम गरिरहनुभएको छ ।

जापानमा हुने बिभिन्न नेपाली कल्चरल कार्यक्रमहरुमा समेत उपस्थिति जनाउदै आउनुभएका युताकामी सान जापानमा रहेका नेपालीहरु सहज रुपमा बसोबास गर्न मिलेर बस्न सुझाव दिनुभएको छ ।

 

 

 

 

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय