उत्तरी गाजास्थित इन्डोनेसियाली अस्पतालमा भएको कथित हवाई आक्रमणपछि इजरायली ट्याङ्कहरू पनि त्यहाँ पुगेका छन् ।

बीबीसीले सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोको पुष्टि गरेको छ । यी भिडियोहरूमा अस्पताल नजिकै केही ट्याङ्कहरू देखिन्छन्।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार सात सयभन्दा बढी मानिस अझै अस्पतालमा छन्। जसमा स्वास्थ्यकर्मी, बिरामी र तिनका परिवारहरू पर्छन्।

मन्त्रालयले इजरायलले इन्डोनेसियाको अस्पताल बन्द गर्न चाहेको बताएको छ। मन्त्रालयका प्रवक्ता अशरफ अल-कुद्राले पनि कथित इजरायली हवाई हमलामा १२ जनाको मृत्यु भएको बताए।

यद्यपी इजरायली सेनाले हवाई हमलाको आरोपमा केही बोलेको छैन । इजरायलले उत्तरी गाजामा बसोबास गर्ने मानिसहरूलाई त्यो क्षेत्र छोडेर दक्षिणी गाजामा जान बारम्बार आग्रह गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय