यूगान्डामा एक ७० वर्षे महिलाले आईभीएफ उपचारपछि जुम्ल्याहा बच्चा जन्माएको त्यहाँको एउटा अस्पतालले जनाएको छ।सफिना नामुक्वायाले राजधानी कम्पालास्थित एउटा प्रजनन केन्द्रमा शल्यक्रियामार्फत् एक छोरी र एक छोरा जन्माएकी हुन्।
उनी पाको उमेरमा बच्चा जन्माउने महिलाहरूको सूचीमा परेकी छन्। स्थानीय सञ्चारमाध्यमलसँग कुरा गर्दै उनले “चमत्कार” भएको बताइन्।
उनलाई बधाई दिँदै अस्पतालले “यो चिकित्सकीय सफलताभन्दा पनि मानवीय भावना र चुनौती थेग्न सक्ने शक्तिको कुरा हो” भनेको छ।“हामीले असाधारण उपलब्धि हासिल गरेका छौँ – अफ्रिकाकी ७० वर्षीया महिला जुम्ल्याहा बच्चाकी आमा बनेकी छन्,” विमिन्स् हस्पिटल इन्टरन्याश्नल एन्ड फर्टिलिटी सेन्टरले आफ्नो फेसबुक पेजमा लेखेको छ।
अस्पतालका अनुसार बुधवार मध्याह्न ती बच्चा जन्मिएका थिए। अस्पतालले “आमा र बच्चाहरू स्वस्थ रहेको” जनाएको छ।
@bbc





