किरात राई यायोक्खा, जापानको दोस्रो ऐतिहासिक संयुक्त महाधिवेशनले बिधान राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
डिसेम्बर १७ तारिख आइतबार फुनाबासी सी किनरो सिमिन सेन्टर हलमा दिउँसो १ बजेबाट साँझ अबेरसम्म भएको महाधिवेशनमा अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि भएको निर्वाचनमा प्रत्याशी प्रमिला राईलाइ पछि पार्दै अध्यक्ष पदमा बिधान राई विजयी भएको थियो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रोशन राई सुदन राई परिता राई महासचिवमा शिवराज राई उपमहासचिवमा वसन्त पुमा राई प्रदीप राई कोषाध्यक्षमा सोम राई सह कोषाध्यक्षमा सोनाम राई र सदस्यमा विमला राई निर्बिरोध चयन भएका छन् । सदस्य पदमा चाँडै थपेर पूर्ण कार्यसमिति बनाउने तयारी भइरहेको नव निर्वाचित अध्यक्ष बिधान राईले जानकारी दिनुभयो ।

किरात राई यायोक्खा, नेपालका अध्यक्ष जीवन हताचो राईको प्रमुख आतिथ्यमा (जुम मार्फत), नेफिन जापानका उपाध्यक्ष प्रमिला गौचनको विशेष आतिथ्य र महाधिबेशन आयोजक समितिका संयोजक बिधान राइको संयोजकत्वमा सम्पन्न कार्यक्रममा जापानमा रहेका किराँती तथा गैर किराँतीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई आकर्षक बनाउन उपस्थित कलाकारहरुले साकेला तथा अन्य साङ्गीतिक प्रस्तुतिहरू देखाएर भरपुर मनोरञ्जन दिलाएका थिए ।

२०१३ सालमा स्थापना भएको किरात राई यायोक्खा, जापानले स्थापना कालदेखि नै किरात राईहरूको भाषा, लिपी, भेषभुषा, धर्म, संस्कार, संस्कृतिको संवर्द्धन र प्रवर्द्धन सहित विभिन्न संघ संस्थाहरूसँग हातेमालो गर्दै आइरहेको छ ।

स्मरण रहोस् किरात राई यायोख्खा जापानले जापानका विभिन्न प्रान्तहरूमा क्षेत्रीय समितिहरू रहेको किरात राई यायोक्खा, जापानको क्षेत्रसहितको सहभागितामा संयुक्त रूपमा पहिलो पटक महाधिवेशन सम्पन्न गरेको हो ।





