जापानको राष्ट्रिय प्रहरी एजेन्सीले ट्याक्सी र बस चलाउन आवश्यक पर्ने चालक अनुमती पत्रका लागि विभिन्न २० वटा विदेशी भाषामा लिखित परीक्षा दिन मिल्ने व्यवस्था गर्ने निर्णय गरेको छ । यस परिक्षा अहिले जापानी भाषामा मात्र उपलब्ध छ।

यसरी विभिन्न भाषाहरुमा परिक्षा दिन मिल्ने व्यवस्था कायम गरि,जापानको यातायात उद्योगमा देखिएको चालक अभावको समस्या समाधानमा केहि सहज हुने आशा गरिएको छ।

अङ्ग्रेजी, कोरियाली, पोर्चुगिज र भियतनामी लगायत २० भाषाहरूमा अनुवाद गरिएका नमूना प्रश्नहरू आउँदो वर्षको मार्चको अन्त्यसम्ममा संकलन गरि राष्ट्रव्यापी प्रहरी मुख्यालयहरूमा वितरण गर्ने योजना रहेको बताईएको छ । त्यहाँका विदेशी बासिन्दाहरूको जनसङ्ख्याको आधारमा प्रत्येक प्रिफेक्चरमा प्रहरीले कुन भाषामा परिक्षा दिने व्यवस्था गर्ने भनेर भाषाहरू निर्धारण गर्नेछ।

सन २०२२ को अन्त्यसम्म, मध्यम तथा ठूला सवारी साधन चलाउने अनुमती लिएका ८,८५,५३६ जना मानिसहरु रहेका थिए । जसलो ट्याक्सी तथा बसहरू चलाउन सक्छन् । त्यस मध्ये ५,१८९ जना विदेशी नागरिकहरू थिए ।

@nepalnewspost

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय